• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन

    भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, को-को बाहिरिए ?

    1.2K
    SHARES


    काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् ।

    टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए ।

    उद्घोषक सुशिल नेपालले बाहिरिएको घोषणा गर्दा उनले आँसु थाम्न सकेनन् । उनका कोच राजेशपायल राई समेत भक्कानिए । माहौल भावुक बनेको थियो ।

    टीम राजु लामा, प्रमोद खरेल र प्रविशा अधिकारीका सबै तीन प्रतिस्पर्धी अन्तिम ११ मा प्रवेश गरेका छन् । जसमा टीम राजुबाट करण राई, रिहान गिरी र रिवश गुरुङ रहेका छन् ।

    टीम प्रमोदबाट आशिष महर, आशिष रायमाझी र योगेश मगर पनि आगामी चरणको लागि छनौट भएका छन् । टीम प्रविशाबाट वर्षा इटानी, प्रिजोल नेपाली र साहिल लिम्बु अन्तिम ११ मा प्रवेश गरे ।

    टीम राजेशबाट सविना योङहाङ र पदम राई मात्र छनौट भए । दर्शकले शनिबारको एपिसोडमा पर्फमेन्सको अन्त्यसम्म भोट गर्न सक्ने छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया