• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मधेसका समस्या गम्भीरतापूर्वक उठाउँने महासेठको प्रतिबद्धता

    522
    SHARES


    जनकपुरधाम। नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताएका छन् ।

    प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहेका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रूपमा सदनमा उठाउने बताए ।

    जनताको विश्वास र भरोसामा एमाले आगामी दिनमा खरो रूपमा उत्रने बताउँदै उनले सरकार गठन भएको तीन महिनाभित्र नागरिकताको समस्या समाधान गर्न लागि पर्ने विश्वास व्यक्त गरेका छन् ।

    मधेस प्रदेशमा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वाभाविक भएको बताउँदै उनले यस विषयमा अरू सहयोगी दलसँग पनि सहकार्य हुने र त्यसका लागि छिट्टै पहल सुरु गरिने बताए ।

    जनताको अपेक्षाअनुसार नै आफ्नो पार्टीले ठोस एजेन्डाका साथ संसद्‍मा प्रस्तुत हुने उल्लेख गर्दै महासेठले मुलुकको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी पनि गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया