• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    महिला सांसदलाई थप्पड हानिएपछि संसदमै झडप

    688
    SHARES


    काठमाडौँ। सेनेगलको विपक्षी पार्टीका एक पुरुष विधायकले महिला विधायकलाई थप्पड हानेपछि त्यहाँको संसदमा हिंसात्मक झडप भएको छ । टेलिभिजन फुटेजमा सत्तारूढ र विपक्षी दलका राजनीतिज्ञहरू बीच संसदमा एक अर्काविरुद्ध मारपिटमा उत्रिएको देखिन्छ ।

    बिहीबार बजेट प्रस्तुत गर्ने क्रममा संसदका विपक्षी दलका सदस्य मासाता साम्बले सत्तारुढ गठबन्धन ‘बेन्नो बोक याकार (बीबीवाई)’की विधायक एमी नदिए गनीबीलाई थप्पड हानेपछि संसदभित्रै मारपिट भएको थियो ।

    गनीबीले आफूलाई थप्पड हान्ने सांसदमाथि कुर्सी उठाएर हान्छिन् । त्यसपछि अर्का सांसदले गनीबीलाई समाएर भुइँमा लडाए । राजनीतिज्ञहरू कुटपिट, आरोप प्रत्यारोप र गाली गलौचनमा उत्रिएपछि बैठक स्थगित भएको थियो ।
    सेनेगलमा जुलाईको विधायिकी चुनावपछि सत्तारुढ र विपक्षी राजनीतिज्ञ बीच तनाव बढेको छ ।

    जुलाईको निर्वाचनमा सत्तारूढ दलले उसको सहज बहुमत गुमाएको थियो । राष्ट्रपति म्याकी सलले सन् २०२४ मा तेस्रो कार्यकालमा उठ्ने हल्लाले मत काटिएको विश्लेषण गरिदैंछ ।

    सलले हालसम्म उनको तेस्रो कार्यकालको लागि उम्मेदवारीको योजनाबारे स्पष्ट बताएका छैनन् । विपक्षीले भने राष्ट्रपति तेस्रोपटक उठेन भने कार्यकाल सीमा तथा राष्ट्रपति स्वयले गरेको पहिलेको वाचाको उल्लङ्घन हुने बताईरहेका छन् । ६० वर्षका राष्ट्रपति सलका समर्थकहरूले भने संवैधानिक संशोधनमार्फत तेस्रो कार्यकालको बाटो खुलाउन सकिने बताइरहेका छन् ।

    सेप्टेम्बरमा निर्वाचनपछिको पहिलो संसद बैठकमा पनि सभामुख चयनको विषयमा विधायकहरूबीच घम्साघम्सी भएको थियो । ग्नीबीले सप्ताहन्तमा राष्ट्रपति सलको तेस्रो कार्यकालको विरोध गर्ने एक आध्यात्मिक नेतालाई गाली गरेकी थिइन् । साम्बले बिहीबार सभालाई सम्बोधन गर्दै ग्नीबीको टिप्पणीको आलोचना गरिरहेका थिए ।

    ‘राष्ट्रपति महोदय, एक महासयले यस सभालाई माराबाउट (आध्यात्मिक नेता) को अपमान गर्न प्रयोग गरिन्,’ साम्बले भने । साम्बले बोलिरहँदा गनिबीले आफूलाई यस्तो कुराले नछुने भन्दै साम्बलाई व्यङ्ग्य गरिन् ।

    लगतै साम्ब आफ्नो गनिबीकहाँ पुगेर उनलाई थप्पड हिर्काएका थिए । संसद भवन भित्रको झगडाको फुटेज सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिएको छ । घटनापछि महिला हिंसाको बहस पनि सुरु भएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया