हेटौंडा। मकवानपुरको बकैया-३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ जाँदै गरेको प्रदेश-२-०३-०१८ प २५५७ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उक्त्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया