काठमाडौँ। कैलालीमा ७० वटा बङ्गुर गाडिएको छ । जिल्लाको भजनी नगरपालिकाका जयबहादुर बुढाका बङ्गुर नष्ट गरिएको हो । अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएपछि ति बङ्गुर नष्ट गरिएका हुन् ।
जयबहादुरको बडिमालिका कृषि प्रवर्धन केन्द्रमा अफ्रिकन स्वाइन फिभरका कारण चार सय १२ वटा बङ्गुर मरेका थिए । उनले ९५ लाख २० हजारको नोक्सानी भएको गुनासो गरेका छन् । बैँकबाट ऋण लिएर बङ्गुर पालन गर्दै आएको उनले बताए । व्यवसायबाट विस्थापित हुनु पर्ने अवस्था आएको उनि बताउँछन् । बौँकको ऋणलियर व्यावसाय संञ्चालान गरेकाले आब बैँकको व्याज कासरि तिर्ने भन्ने आअफुलाई चिन्ता रहेको पनि बुढा बताउछन् ।
फार्ममा बङ्गुर मर्न थालेपछि पशुपक्षी अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा परीक्षण गरिएको थियो । अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुर मरेको पुष्टि भए पछि उक्त क्षेत्र शील गरिएको थियो ।
भजनी नगर कार्य पालिकाले प्रदेश तथा संघीय सरकारमा सहयोगका लागि सिफारिस गर्ने निर्णय गरेको छ । कात्तिक १५ गते पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढी र केन्द्रीय प्रयोगशाला काठमाडौँमा यो रोग सखा परेको थियो ।
प्रतिक्रिया