• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा चालकको मृत्यु

    1K
    SHARES


    काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    गएराति सवा ११ बजे बा ७४ प ५७ ५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किंदा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो ।

    मोटरसाइकल चालक कँडेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते हुनेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ कै २२ वर्षीय सन्देश कार्की छन् ।

    उनको उपचार टोखास्थित ग्राण्डी अस्पतालमा भइरहेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

    यसैगरी मोरङको बुढीगंगा गाउँपालिका १ टंकीमा सोमबार बेलुकी साढे ८ बजे को १९ प ५७४८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा बुढीगंगा २ का ५५ वर्षीय भदु राजवंशी घाइते भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया