• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आजबाट कोरोना बीमा दाबी भुक्तानी, क कसले पाउँदैछन् ?

    487
    SHARES


    काठमाडौँ। आजबाट कोरोन बीमाको दाबी भुक्तानी हुँदैछ ।

    नेपाल बीमाक संघका अध्यक्ष चंक क्षत्रीका आनुसार नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघले आफ्नो दायित्तो बराबरको रकम आजबाट वितरण गर्न लागिएको हो । उनका अनुसार नेपाल सरकार, बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरुले एक आर्ब १७ करोड २७ लाख रुपैयाँ  दाबी भुक्तानीको लागि बिमा पुलमा गरेर राखिएको छ ।

    सरकारको दायित्तो बराबरको रकम निकासा नहुँदा लामो समयदेखि दाबी भुक्तानी रोलिएको थियो । आर्थिक मन्दी चुनावका कारण सरकारले रकम निकासा गरेको थिएन ।

    पछिल्लो पटक सरकारले तिर्नु पर्ने दायित्व बराबरको रकममध्येबाट ४५ प्रतिशत बीमा प्राधिकरण मातहत अर्थात निर्जीवन बिमा कम्पनी र निर्जिवन बिमा कम्पनीले तिर्ने गरी प्राधिकरणले अर्थमन्त्रालय समक्ष प्रस्ताव गरेको थियो ।

    सरकारले एकैपटक सबै रकम निकासा गर्न नसकिने बताउँदै १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

    अर्थमन्त्रालयले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मान्दा हुन आउने रकममा सत प्रतिशत हुन आउने गरी दायित्व निर्जीबन, नेपाल पुनर्बीमा कम्पनी र प्राधिकरणको दायित्वमा पारेको थियो ।

    उक्त १ अर्बको ८ प्रतिशतले हुन आउने १४ करोड ५४ लाख रूपैयाँ प्राधिकरणले उपलब्ध गराइसकेको छ । निर्जीवन बीमा कम्पनीहरूले २५ प्रतिशत (४५ करोड ४५ लाख) रूपैयाँ दिने तयारीमा छन् ।

    नेपाल पुनर्बीमा कम्पनीले अतिरिक्त अर्थात प्राधिकरणको मोडालिटि अनुसार दिनुपर्ने १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख रुपैयाँ दिन नसकिने जनाएको छ । आफ्नो भागको दायित्व बाँकि नरहेकोले थप रकम दिन नसक्ने पुनर्बीमा कम्पनीले जनाएको हो । त्यो बाहेकको रकमबाट आजबाट दाबी भुक्तानी सुरु हुने भएको हो ।

    नेपाल पुनर्बीमाले भुक्तानी गर्नु पर्ने रकम आए पछि पुनः वितरण कार्य आरम्भ गरिने संघले जनाएको छ । दर्ता मितिका आधारमा दाबी भुक्तानी गर्ने तयारी भइरहेको छ । बाँकी भुक्तानीमा जसले पहिले दर्ता गराएको हो त्याे आधारमा भुक्तानी दिँदै जाने र बाँकी रहनेलाई अर्को चरणमा भुक्तानी दिने बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया