• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप फुटबलमा आजदेखि समूह चरणको अन्तिम खेल हुँदै

    1.2K
    SHARES


    काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा रहेको छ ।

    आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ । यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।

    पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् । आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् ।

    समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ । यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

    नेदरल्याण्ड र इक्वेडरको समान ४ अंक छ र क्रमश: पहिलो र दोस्रो स्थानमा छ । दुवैले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र अपराजित छन् । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ । कतार अंकविहीन छ ।

    नेदरल्याण्ड र इक्वेडर आफ्नो खेलमा बराबरी नतिजा ल्याए मात्र पनि अन्तिम १६ मा पुग्ननेछन् । सेनेगलका लागि भने अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनैपर्नेछ । उता यसै विश्वकपबाट विश्वकपमा डेब्यु गरेको कतार पनि अन्तिम खेललाई सुखद बनाउन चाहन्छ ।

    यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ । यस समूहबाट अहिलेसम्म कुनै टिम पनि बाहिरिएको छैन । त्यसैले नकआउट चरणमा पुग्न चारै टिमको सम्भावना बाँकी छ र होडमा छन् । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना बढी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया