• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विजयलाई पछि पर्दै एमालेकी भगवती जितको नजिक

    737
    SHARES


    काठमाडौँ। प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी रहँदा ५५ सय ३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन् ।

    प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन भने उनका निकटतम प्रतीद्वन्दी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।

    आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार ५३५ मतान्तरले पछि पारेकी छन् । योसँगै यसअघि लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने निश्चित भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६२६९ मत पाएका छन् ।

    अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३९२०प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया