• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप : पोर्चुगल शिर्ष स्थानमा, बेल्जियमको हारपछि समर्थकले गरे राजधानीमा गरे तोडफोड

    667
    SHARES


    काठमाडौं । विश्व कप फुटबलमा पोर्चुगल शिर्ष स्थानमा उक्लिएको छ । मंगलबार विहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले हराएसँगै शिर्ष स्थानमा पुगेको हो ।

    पोर्चुगलका ब्रुनो फर्नान्डेसले खेलको ५४ औँ र अन्तिम इञ्जुरी समयमा गरी दुई गोल गरेका थिए । पोर्चुगल एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ ।

    समूह ‘एच’ मा हिजो भएको खेलमा घानाले दक्षिण कोरियालाई ३-२ गोलले हराएको थियो । जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो जितसँगै पोर्चुगलले ६ अङ्क जोडेको छ ।

    घानाको ३ तथा उरुग्वे र दक्षिण कोरियाको समान १ अङ्क छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेसँग खेल्नेछ ।

    यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम १६ मा पुगेको छ । ब्राजिलका क्यासेमिरोले खेलको ८३औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । ब्राजिलले पहिलो खेलमा सर्बियालाई २-० गाेलले हराएको थियो ।

    समूह ‘जी’ मा ब्राजिलले २ खेलमा ६ अङ्क जोडेको छ । यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अङ्क तथा क्यामरुन र सर्बियाको समान १ अङ्क छ । हिजो भएको खेलमा सर्बिया र क्यामरुनले ३-३ गोलको बराबरी खेलेका छन् । कतारमा चलिरहेको विश्व कप फुटबलमा यसअघि नै फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ।

    यसैबीच विश्व कप फुटबलको नतिजालाई लिएर बेल्जियम र नेदरल्यान्ड्समा दंगा फैलिएको छ । हिजो मोरक्कोले बेल्जियमलाई २-० गोलले हराएपछि बेल्जियमलाई अघिल्लो चरणमा पुग्न समस्या थपिएको छ । बेल्जियम दुई खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ ।

    कतारमा आफ्नो देशले हारेसँगै बेल्जियममा समर्थकले हिं सा मच्चाएका छन् । हारबाट आक्रोसित समर्थकले राजधानी ब्रसेल्समा दर्जनौँ पसल र गाडी तोडफोड गरेका छन् । केही घाइते भएका छन् । प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

    बीबीसीका अनुसार नेदरल्यान्ड्सको राजधानी आम्टरडममा पनि फुटबल समर्थकले हिं स्रक प्रदर्शन गरेका छन् । इक्वेडरसँग बराबरी खेलेपछि आक्रोसित भिडले पसल र गाडी तोडफोड गरेको थियो । प्रहरीले मुख्य तीन वटा सहरमा लाठी चार्ज गरेको छ । राजधानीका सडकमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया