• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    सुकुम्बासी बस्तीमा डोजर प्रकरण : स्थानीयको प्रतिकारमा १८ जना नगर प्रहरी घाइते, ३ जनाको अवस्था गम्भीर

    1.3K
    SHARES


    काठमाडौँ । बागमती किनारमा रहेको सार्वजनिक जग्गामा बसेका सुकुम्बासी बस्तिमाथि काठमाडौँ महानगरपालिकाले डोजर चलाएपछि अवस्था तनाबग्रस्त बनेको छ ।

    महानगरले बस्तीमाथि डोजर चलाएपछि स्थानीयले कडा प्रतिकार गरेका छन् । उक्त प्रतिकारका क्रममा महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरी भाइते भएका छन् ।

    उक्त घटनामा नगर प्रहरी शर्मिला बोगटीसहित तीन जना नगर प्रहरीको आईसीयुमा उपचार भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।

    यता काठमाडौँ महानगरपालिकाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौँमा अपराध अनुसन्धानका लागि पत्र पठाएको छ । महानगर प्रहरी बलका प्रमुखसहित १८ जना नगर प्रहरीलाई आक्रमण गरी गम्भीर घाइते बनाइएको महानगरले जनाएको हो ।

    अनधिकृत संरचना हटाउने कानुन बमोजिमको कार्यमा संलग्न नगर प्रहरीहरूलाई साङ्घातिक आक्रमण गर्ने व्यक्तिहरूलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न सम्बद्ध निकाय तथा पदाधिकारीहरूलाई महानगरले अनुरोध गरेको छ ।

    ​अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा सोमबार थापाथलीस्थित बागमती किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाउन महानगर टोली खटिएको थियो ।

    सो स्थानमा अनधिकृत संरचना निर्माण गर्ने व्यक्तिहरूले खुँडा जस्ता धारिलो हतियार, ढुङ्गा, मुढासहितका सामाग्री लिएर उपस्थित भई आपराधिक मनसायले एक्कासि आक्रमण गरेको महानगरको भनाई छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया