• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपतिको राजीनामा मागगर्दै प्रदर्शन

    571
    SHARES


    चीन: चीनमा नेतृत्व विरुद्ध विरोध प्रदर्शन भएको छ । उरुम्चीमा रहेको एउटा अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि चीनमा कोभिड निषेधाज्ञा विरुद्ध प्रदर्शन सुरु भएको हो ।

    साङ्घाई सहरमा सयौँ मानिसले राष्ट्रपति सी जिनपिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियो सार्वजनिक भएको छ । यसलाई चिनियाँ नेतृत्व विरुद्ध भएको दुर्लभ प्रदर्शन भनिएको छ । कतिपय प्रदर्शनकारीहरूले खुल्ला रूपमा राष्ट्रपति सी जिनिपङको राजीनामा माग गरिरहेका बीबीसीले जनाएको छ ।

    पश्चिम सिनजियाङको एउटा अग्लो भवनमा भएको आगलागीमा १० जनाको ज्यान गएपछि निकालिएको जुलुसबाट प्रदर्शन सुरु भएको हो । प्रदर्शन भएका क्षेत्रमा व्यापक प्रहरी तैनाथ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया