काठमाडौँ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हिजाब नलगाई आएकी एक महिलालाई सेवा दिएपछि बैंकका एक कर्मचारीलाई जागिरबाट बर्खास्त गरिएको छ ।
इरानमा अनिवार्य हिजाबको विरोधमा भएको प्रदर्शनले देशलाई हल्लाएको बेला सरकारले यो कारबाही गरेको हो ।
रिपोर्टका अनुसार तेहरान नजिकको कोम प्रान्तमा रहेको यस बैंकका प्रबन्धकलाई प्रान्तीय गभर्नरको आदेशमा बर्खास्त गरिएको थियो ।
इरानमा गत सेप्टेम्बरमा २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा कुटपिटपछि मृत्यु भएको थियो ।
हिजाब नलगाएको भन्दै अमिनीलाई नैतिक प्रहरीले पक्राउ गरेको थियो । अमिनीको मृत्युपछि इरानमा हिजाब र सरकारविरुद्ध प्रदर्शन जारी रहेको छ ।
प्रतिक्रिया