काठमाडौँ। अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियमको नाम गिनिज बुकमा दर्ता भएको छ ।
बीसीसीआईका अनुसार २९ मे २०२२ मा आईपीएलको फाइनल खेल स्टेडियममा १,०१,५६६ जनाले हेरेका थिए । यो कुनै पनि टी-२० खेलमा उपस्थित दर्शकहरूको सबैभन्दा ठूलो संख्या हो ।
एक ट्वीटमा बीसीसीआईले भनेको छ, ‘भारतले गिनिज वर्ल्ड रेकर्ड बनायो, यो सबैका लागि गर्वको क्षण हो ।’ बीसीसीआईका महासचिव जय शाहले पनि ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् ।
गुजरात क्रिकेट संघको मोटेरा स्टेडियमलाई फेब्रुअरी २०२१ मा पुन: निर्माण गरी पुनः खोलिएको थियो ।
अब यो स्टेडियमको नाम नरेन्द्र मोदी स्टेडियम रहेको छ । १५ औं आईपीएलको फाइनल खेल यही रंगशालामा खेलिएको थियो ।
प्रतिक्रिया