काठमाडौं। सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक बिदाको जानकारी पनिगराएका हुन् ।
हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ । भोलि जानकी मन्दिर परिसरमा सीता र रामको स्वयंम्बर समारोह हुँदैछ ।
प्रतिक्रिया