• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गणना भइरहेका ७ क्षेत्रको नतिजा आउन बाँकी, यी दुई क्षेत्रमा छ विवाद

    1K
    SHARES


    काठमाण्डाै। प्रतिनिधि सभाका १ सय ६५ मध्ये १ सय ५५ क्षेत्रको नतिजा आइसक्दा अब १० वटा क्षेत्रको मात्र बाँकी छ । यी १० क्षेत्रमध्ये बाजुरा, दोलखा र स्याङ्जाको क्षेत्र नम्बर-२ मा गणना नै सुरु हुनसकेको छैन ।

    गणना भइरहेका ७ वटा क्षेत्रको अन्तिम नतिजा आउन बाँकी छ । हिजो रोकिएको सुनसरी-४ को मतगणना सुरु गर्ने तयारी भइरहेको छ । तर सहमति जुट्न सकेको छैन । सुनसरी-४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो ।

    मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले अगाडि हुनुुहुन्छ । कार्कीले २१ हजार ४ सय ४५ र एमालेका कुसियैतले २१ हजार ४ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

    सुनसरी-१ को प्रतिनिधि सभा सदस्यमा निक्कै प्रतिस्पर्धा छ । त्यहाँ जनता समाजवादी पार्टीका अशोककुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङबीच प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०४ मत पाउनु भएकाे निर्वाचन आयोगले जनाएको छ ।

    त्यस्तै सुनसरी-३ मा एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच प्रतिस्पर्धा छ । चौधरीले १६ हजार ५ र गच्छदारले ११ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

    इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-१ मा भइरहेको मतगणनामा विवाद देखिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एकलौटी रुपमा मतगणना गरिएको आरोपसहित पुनः मतदानको माग गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका महेश बस्नेतले २० हजार ३ सय ८५ र खनालले १८ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया