• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चिसोमा कठ्यांग्रिँदै ६० लाख युक्रेनी

    512
    SHARES


    काठमाडौँ। रुसले पछिल्लो समय युक्रेनका ऊर्जा केन्द्रहरूमाथिको आक्रमण तीव्र पारेपछि कम्तीमा ६० लाख मानिसहरू चिसोमा कठ्यांग्रिन बाध्य भएका छन्  ।

    ‘आजका दिनसम्म राजधानी किझ र अधिकांश क्षेत्रहरूमा अन्धकार छ,’ युत्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भनेका छन् । प्रभावित घरहरूको संख्या केही दिनयता घटेको भए पनि अझै दसौं लाख बिजुली, पानी र न्यानोको अभावमा रहेका उनको भनाइ छ ।

    एक भिडियो सम्बोधनका क्रममा जेलेन्स्कीले किभ र वरपरका क्षेत्रमा २० देखि ३० घ ण्टासम्म लोडसेडिङको अवस्था रहेको बताए । त्यसैगरी, ओडेसा लभिभ, भिनिस्तियालगायतका स्थान निकै प्रभावित भएका उनको भनाइ छ । कम विद्युत् खपतका लागि उपायहरूको खोजी गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका बीबीसीले जनाएको छ ।

    उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

    आक्रमण सुरु गरेयता रुसले युक्रेनका विभिन्न क्षेत्रहरूमाथि नियन्त्रण कायम गरेको थियो । तर पछिल्लो समय कतिपय क्षेत्रहरू युक्रेनले फिर्ता लिएको छ । जसका कारण रुसी फौजले युक्रेनका ऊर्जालगायत पूर्वाधारलाई केन्द्रित गरी आक्रमण गरेको थियो । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणका कारण युक्रेनको एक तिहाइ क्षेत्रमा विद्युत् तथा ऊर्जा आपूर्ति अवरुद्ध भएको जनाइएको छ ।

    पछिल्ला दिनमा रुसी फौजले नियोजित रूपमा सर्वसाधारणका संरचनामा आक्रमण गरेर युद्ध अपराध गरेको युक्रेन र उसका साझेदार पश्चिमा देशहरूको आरोप छ । तर उक्त आरोप रुसले अस्वीकार गर्दै आएको छ ।

    गत शुक्रबार खेर्सनका क्षेत्रीय गभर्नरले ‘रुसको निरन्तरको आक्रमणका कारण अस्पतालबाट बिरामीहरू समेत अन्यत्र सार्नुपरेको’ बताएका थिए । ती आक्रमणहरूमा कम्तीमा १५ जनाले ज्यान गुमाएका अधिकारीहरूको भनाइ छ ।

    पछिल्लो समय रुसलाई क्राइमियासँग जोड्ने पुलमा विस्फोट गराइएपछि आक्रामक बनेको रुसले युक्रेनका ऊर्जालगायतका पूर्वाधारलाई लक्षित गरी आक्रमण तीव्र पारेको हो । युक्रेन आक्रमणका लागि आवश्यक सैन्य हतियार ओसारपसारका लागि रुसले बाटो प्रयोग गर्दै आएका कारण उक्त पुललाई युक्रेनी फौजले निसानामा परेको हो ।

    सन् २०१८ मा केर्च पुल मार्गको उद्घाटन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शताब्दीकै उत्कृष्ट संरचना’ भएको दाबी गरेका थिए । जसका कारण क्रुद्ध बनेका राष्ट्रपति पुटिनले युक्रेनमा देशव्यापी आक्रमणका लागि निर्देशन दिएको जनाइएको छ ।

    आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभेको छ । पाँच दिन लगाएर जनमतसंग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो ।

    रुसी अधिकारीहरूका अनुसार जनमतसंग्रह मार्फत ती क्षेत्रका अधिकांश युक्रेनीले रुसमा गाभिने पक्षमा मत दिएका थिए । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमतसंग्रह अवैधानिक घोषित गरेका थिए ।

    रुसले सुरक्षाकर्मी र कर्मचारीमार्फत सर्वसाधारणलाई प्रभावित पारेको भन्दै जनमतसंग्रह औपचारिकता मात्रै भएको पश्चिमा देशहरूको दाबी छ । जसका कारण अमेरिका तथा युरोपेली संघले रुसविरुद्ध थप प्रतिबन्धहरू जारी गर्ने घोषणासमेत गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया