• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रवि लामिछाने ठेकेदारसँगै ‘फिल्ड’ मा, अलपत्र सडककाे काम कहिले बन्छ ?

    893
    SHARES


    चितवन। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अलपत्र सडक समयमै निर्माण गर्न ठेकेदारलाई अनुराेध गरेका छन् । आज शनिवार ठेकदारसँगै सडकमा पुगेर लामिछानेले यस्ताे अनुराेध गरे।

    चितवनको भरतपुर महानगरपालिकाको शहिदचोक-धर्मचोक-कचपचे सडक खण्ड अन्तर्गतको धर्मचोक क्षेत्रमा कालोपत्र हुन नसकेको सडककाे विषयमा लामिछानेले सरोकार राखेका हुन् । सडक निर्माण थालिएको समय धेरै भएपनि कालोपत्र हुन सकिरहेको छैन । समयमै सडक नबन्दा यात्रुले बर्खामा हिलाे र हिउँदमा धुलोको समस्या खेपिरहेका छन् ।

    अध्यक्ष लामिछानेले सडक निर्माणको ठेक्का पाएको कम्पनीका प्रतिनिधि र निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्षलाई बाटो निर्माणका लागि सार्वजनिक प्रतिबद्धता गर्न पनि लगाए । लामिछानेले निर्माणको ठेक्का पाएको कम्पनी रमन शिवशक्ति जेभीका व्यवस्थापक राजु थपलिया र इन्जिनियर रञ्जन ठाकुरलाई माइकमा बोल्न लगाएर भोलि (आइतवार) देखि नै काम गराउने प्रतिबद्धता गराए ।

    यस क्षेत्रको पाँच सय मिटर सडक कालाेपत्र गर्न बाँकी रहेको छ । निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव लामिछानेले चितवनमा राेकिएका काम तत्काल सक्ने गरि काम अघि बढेको बताएका छन् । यस क्षेत्रका नागरिकले नबनेको भन्दै गुनासाे गर्ने गरेकाले ठेकेदार कम्पनी र सम्बन्धित पक्षलाई फिल्डमै ल्याएर समस्या समाधान गराउने प्रयास गरेकाे रवि लामिछानेले बताएका हुन् ।

    जितेपछि बधाई खाने समय नभएको बताउँदै उनले काम गर्ने बेला आएको बताएका हुन् । औपचारिक शपथअघि नै जनताको शपथ पाइसकेकाले उनीहरूकाे काममा लागिपरेको उनको भनाई छ । आफूलाई सामान्य भेटघाट, बधाई कार्यक्रम, शिलान्यास, उद्घाटनमा नबोलाउन पनि उनको आग्रह छ ।

    यसैबीच आजै बिहान लामिछानेले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड नारायणगढ शाखामा सरोकारवाला पक्षसँग चितवनलगायत देशभरका किसानले भोग्दै आएका मलको समस्याको विषयमा पनि छलफल गरेका हुन्। किसानले लामो समयदेखि भोग्दै आएको मलको समस्या समाधान गर्नु आफ्नो महत्त्वपूर्ण प्राथमिकता मध्येको एक भएकाे लामिछाने बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया