काठमाडौँ । मंसिर ४ गते मतदानका क्रममा भएको विवादमा मृत्यु भएका अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय इकाइ कमिटी अध्यक्ष चेतन ऐडीलाई न्याय माग्दै अनेरास्वियुले आज धनगढीमा प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले ऐडीको हत्या भएको भन्दै संलग्नलाई कारबाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष मोती बिकले यथाशीघ्र दोषीलाई पक्राउ गरेर कारवाहीको दायरामा नल्याए देशव्यापी आन्दोलन बताएका छन् ।
प्रतिक्रिया