• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    विश्वकप : २०१० पछि अष्ट्रेलियाको पहिलो जित

    778
    SHARES


    काठमाडौं । अष्ट्रेलियाले कतारमा भइरहेको फिफा विश्वकपमा शनिबार ट्युनिसियालाई १-० ले पराजित गर्दै २०१० पछि विश्वकपमा पहिलो जित निकालेको छ । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई जित दिलाउन मिचेल डुकले २३ औं मिनेटमा निर्णायक गोल गरे ।

    ट्युनिसियाले पनि खेलमा गोल गर्ने अवसर पाएपनि अष्ट्रेलियाका डिफेण्डर ह्यारी सुटर र गोलकिपर म्याट राएनले ट्युनिसियाका खेलाडीलाई गोलको अवसर दिएनन् ।

    समूह डी मा पहिलो जितपछि अष्ट्रेलियाले ३ अंक जोडेको छ र अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राखेको छ । अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो । उता पहिलो खेलमा डेनमार्कसँग बराबरी खेलेको ट्युनिसिया यस हारपछि अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर बनेको छ ।

    पछिल्लो पटक सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा अष्ट्रेलियाले युरोपियन राष्ट्र सर्बियालाई हराएको थियो । विश्वकपमा अष्ट्रेलियाको यो तेस्रो जित हो । अष्ट्रेलियाले सन् २००६ मा ओसियाना क्षेत्रबाट खेल्दै एसियन राष्ट्र जापानलाई पराजित गरेको थियो ।

    अष्ट्रेलियाले अफ्रिकन राष्ट्रलाई विश्वकपमा यसै संस्करणमा हराएको हो । अष्ट्रेलियाले अब समूह डी को अन्तिम खेल डेनमार्कविरुद्ध खेल्दैछ । आजै राति समूह डी अन्तर्गत फ्रान्स र डेनमार्कबीच खेल हुनेछ । ट्युनिसियाले भने अन्तिम खेल फ्रान्ससँग खेल्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया