• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    रुपन्देही-३ मा दिपक बोहोरा अघिअघि बालकृष्ण खाण पछिपछि, यस्तो आयो ताजा अपडेट

    1.4K
    SHARES


    रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एव नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पछि पार्दै राप्रपाका उम्मेदवार दिपक बोहोराले अग्रता कायमै राखेका छ्न् ।

    निर्वाचन कार्यालयका अनुसार ७८४०४ मत गणना हुँदा राप्रपाका दीपक वोहोराले ३०५७७ मत प्राप्त गरेका छन् । खाणले २९२५५ मत प्राप्त गरेका छन्। यहाँ १३ सय २२ मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् ।

    पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि, निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

    स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

    यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजीव गुरुङको उम्मेदवारी दर्ता भएपछि गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेको थियो । पौडेलको यो निर्वाचन क्षेत्रमा चौथो जीत हो ।

    अझै १५१२३ मत गणना गर्न बाँके रहेको छ। उता कांग्रेस नेतृ सुजाता कोइराला पराजित बनेकी छन् । मोरङ २ बाट उम्मेदवार रहेकी उनी एमालेका ऋषिकेश पोखरेलसँग पराजित बनेकी हुन् ।

    ऋषिकेशले ३३ हजार १४८ मत पाउँदा सुजाताले ३१ हजार ९४० मत पाइन् । सुजाता कांग्रेसका दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाकी छोरी हुन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया