• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पपस्टार क्रिस वुलाई बलात्कार आरोप, १३ वर्षको जेल सजाय

    877
    SHARES


    काठमाडौं । बेइजिङको एक अदालतले चिनियाँ मूलका क्यानेडियन पप स्टार क्रिस वुलाई बलात्कार लगायतका अपराधमा दोषी ठहर गर्दै १३ वर्षको जेल सजाय सुनाएको छ ।

    बेइजिङको चाओयाङ जिल्ला अदालतले शुक्रबार गरेको अनुसन्धानमा नोभेम्बरदेखि डिसेम्बर २०२० सम्म वु यिफान भनेर चिनिने ती व्यक्तिले तीन महिलालाई बलात्कार गरेको जनाइएको छ ।

    अदालतको आधिकारिक वी च्याट एकाउण्टमा पनि जुलाई २०१८ मा यौन कार्यक्रममा संलग्न हुन भीड जम्मा गर्ने अपराधको लागि पनि उनलाई दोषी पाएको थियो ।

    अदालतले बलात्कार मुद्दामा पीडित तीनै जनाले पनि मदिरा सेवन गरेको र प्रतिरोध गर्न नसक्ने बताएको छ । सुनाइएको १३ वर्षे सजायपछि वुलाई तुरुन्तै देश निकाला समेत गरिने भएको छ ।

    ‘तथ्य, अपराधको प्रकृति, परिस्थिति र हानिकारक परिणामका आधारमा अदालतले माथिको फैसला गरेको हो,’ विज्ञप्तिमा भनिएको छ ।

    गत वर्षको जुलाई ३१ मा एक १८ वर्षीय चिनियाँ विद्यार्थीले आफू र १८ वर्ष मुनिका अन्य केटीहरूलाई आफूसँग यौनसम्पर्क गर्न उक्साएको आरोप लगाएपछि वुलाई बेइजिङमा हिरासतमा लिइएको थियो ।

    चीनमा बलात्कारमा दोषी पाइए तीनदेखि १० वर्षसम्मको जेल सजाय हुन्छ, यद्यपि असाधारण घटनामा मृत्युसम्मको कडा सजाय हुन सक्छ । वुले सामना गरेको दोस्रो आरोपमा पाँच वर्षसम्मको जेल सजाय हुन्छ ।

    वू चीनको ग्वाङ्झाउ र भ्यानकुभर, ब्रिटिश कोलम्बियामा हुर्केका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया