• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कोमल वली र हिमेश पन्त पराजित, रेखा थापालाई कति भोट ?

    15.5K
    SHARES


    काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दिएका केही सेलिब्रिटी प्रत्यक्षतर्फको मतगणनामा पराजित भएका छन् ।

    एमालेबाट दाङ-३ मा उम्मेदवारी दिएकी गायिका कोमल ओलीलाई कांग्रेसका दीपक गिरीले पराजित गरेका छन् । ओलीले २९ हजार ३२ भोट ल्याउँदा गिरीले ३६ हजार ८४२ मत ल्याए ।

    धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका स्ट्यान्डअप कमेडियन तथा कलाकार हिमेश पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत ल्याए । यो क्षेत्रमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे विजयी रहे ।

    मोरङ-३ मा जारी मतगणनामा (बिहान ११ः३० सम्म) अभिनेत्री तथा राप्रपा उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । रेखाले ९ हजार ९३९ मत ल्याउँदा कांग्रेसका सुनिलकुमार शर्मा ४३ हजार १६५ मत ल्याउँदै अग्रता लिइरहेका छन् ।

    प्रत्यक्षतर्फ, काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठ र कलाकार मधुसुदन पाठक ‘सिते बा’ पराजित भइसकेका छन् ।

    प्रदेशतर्फ कांग्रेसबाट फिल्म निर्माताद्वय रोज राणा र मधुकुमार श्रेष्ठ तथा एमालेबाट वेदबहादुर गुरुङ निर्वाचित भएका छन् । ‘२ नम्बरी’ फेम्ड फिल्म निर्माता तथा गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ मनाङबाट प्रदेश सदस्यमा निर्विरोध भइसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया