• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    एक घरमा आगलागी १० जनाको मृत्यु, ९ जना घाइते

    734
    SHARES


    काठमाडौँ। उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरु नौ जना घाइते भएका छन् ।

    एक व्यक्तिको निजी घरमा भएको आगलागीमा परेर ती व्यक्तिको ज्यान गएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार बिहीबार राति सो दुर्घटना भएको हो ।

    उरुम्कीको नियानसाब जिल्लामा बिहीबार राति करिब ८ बजे एक व्यक्तिको निजी घरमा आगो सल्किएको थियो । यहाँका स्थानीय अधिकारीले दिएको जानकारी अनुसार राति १०ः ३५ मा मात्र आगो नियन्त्रणमा लिइएको थियो ।

    यस आगलागीको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया