• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    धादिङ १: एकीकृत समाजवादीका पाण्डे निर्वाचित

    262
    SHARES


    काठमाडौँ। नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डे एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् ।

    पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी भए भने एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित भएका छन् ।

    यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए । यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत ल्याएर तेस्रो भएका छन् । धादिङ २ बाट कांग्रेस नेता रामनाथ अधिकारी यसअघि निर्वाचित भइसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया