• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    चितवनमा जितको उत्सव मनाइरहेका रविलाई नवलपरासीमा १ सीट गुम्ने चिन्ता

    1.3K
    SHARES


    काठमाडौँ । रवि लामिछाने यतिबेला चितवनमा जीतको उत्सव मनाइरहेका छन् । यहि बेला यता नवलपरासीबाट भने उनको लागि दुखद खबर प्राप्त भएको छ ।

    नवलपरासी क्षेत्र नम्बर १ मा रविका उम्मेदवारलाई पछार्दै नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले एकाएक अग्रता लिएका छन् । चौधरी २५७९३ मतसहित अघि छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरीले लिड गरिरहेका थिए तर एकाएक आज उनी पछि परेका हुन् । उनले १२३५७ मत ल्याएका छन् ।

    उनलाई यो क्षेत्रमा जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले समेत पछि पारिसकेका छन् । त्रिपाठीको अहिले १९६६२ मत ल्याएका छन् । यहाँ मतगणना जारी छ। उता रुपन्देहीको क्षेत्र नं. ३ मा नेकपा एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका नेता दीपक बोहोरा र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण खाँण बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

    उनीहरूबीच बिहीबार ५० देखि ३ सय सम्मको मतान्तर भइरहेको छ । कहिले खाँण त कहिले बोहरोले अग्रता लिइरहेका छन् । बिहीबार दिउँसोसम्म झिनो मतले खाँणले झिनो अग्रता लिइरहेका थिए भने अहिले बोहोरा अघि लागेका छन् ।

    बोहोराले २१ हजार ८ सय २२ मत प्राप्त गरेका छन् भने खाँणले २१ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् । अहिले २ सय ३१ मतले बोहोरा अघि लागेका छन । अझै करिब ३० हजार मत गन्न बाँकी रहेकाले जित कसको हुन्छ भन्ने आंकलन गर्न कठिन छ । उनीहरूबीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

    त्यस्तै सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
    यहाँ ३१ हजार ६८२ मत खसेको थियो ।

    जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका न् । यो उनको दोस्रो जित हो । विजयी विष्ट सुर्खेत जेलब्रेकका एक कमान्डर हुन् ।

    उनी माओवादीभित्र युवा र ‘भिजनेवल’ छवी भएका नेता हुन् । विद्यार्थी छँदा देखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१ हो ।

    स्नातक ( मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट माओवादीभित्र इमानदार, कर्तव्यनिष्ट र बौद्धिक नेताका रुपमा परिचित छन् । ०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६ देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् ।

    मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेलब्रेकको घटना निकै चर्चित र रोचक थियो । सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव हुँदै केन्द्रीय सदस्य समेत भएका उनी ०७४ मा प्रदेश सभा सदस्य निर्वाचित भए ।

    हाल माओवादीको केन्द्रीय सदस्य रहेका उनी ०७४ सोही क्षेत्रबाट १५ हजार ६४८ मतसहित विजय भएका थिए । प्रदेश सरकारको अर्थमन्त्री समेत भइसकेका उनी प्रदेश सरकारको मुख्यमन्त्रीको प्रमुख दाबेदारको रुपमा आफूलाई अगाडि बढाइरहेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया