• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    प्रचण्डलाई ओलीको फोन : अब मिलेर अघि बढौं

    366
    SHARES


    काठमाडौं। चुनावी नतिजा सार्वजनिक भइरहेका बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेका छन् ।

    पछिल्लो मतपरिणामअनुसार दुवै दलको अवस्थामा विगतभन्दा अवस्था खस्किएको छ ।

    आगामी दिनमा मिलेर जानुपर्ने ओलीको प्रस्ताव रहेको दाहालको सचिवालयले जनाएको छ। प्रचण्डले भने यसबारेमा निर्वाचनको अन्तिम परिणाम आएपछि छलफल गर्ने जवाफ दिएका छन् ।

    दाहालपनि पछिल्लो समय कांग्रेसले निर्वाचनमा माओवादीलाई घात गरेको निश्कर्षमा पुगेका छन् ।

    अहिलेपनि जनमत बलियो वामपन्थी एकता भएकोबारे दुवै नेताबीच कुराकानी भएको थियो । कतिपयले भने ओलीले सरकार गठनको लागि माओवादीलाई विश्वासमा लिन खोजेकोबारे पनि चर्चा गर्न थालेका छन् ।

    नेकपा विघटन भएर एमाले र माओवादी अलग अलग भएपछि यी दुई नेताबीच यो पहिलोपटकको फोन सम्वाद हो । यसअघि एमसीसी पारित गर्ने सन्दर्भमा दुई नेताबीच दुवै दलका दोस्रो तहका नेताहरुको उपस्थितिमा संसद्मा सामूहिक छलफल भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया