• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विजनेश

    वित्तीय क्षेत्रको बढी कर भुक्तानी गर्नेमा नबिल बैंक सातौं पटक सम्मानित

    516
    SHARES


    काठमाडौंँ । आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको छ ।

    विभागले राष्ट्रिय कर दिवसको अवसर पारेर प्रदान गरेको सम्मान पत्र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले ग्रहण गरेका हुन् ।

    बैंकले उक्त आर्थिक वर्षमा २ अर्ब ७९ करोड रुपैँया कर सरकारलाई तिरेको थियो । पछिल्लो १० वर्षमा नबिल बैंक वित्तीय संस्थामा उच्च कर भुक्तानी गरेर सम्मानित भएको यो साताैं पटक हो । नबिल हरेक तवरले अग्रणी स्थानमा रहेको भन्दै सीईओ ढुंगानाले वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी कर दाखिला गरी राज्यको वृद्धि विकासमा टेवा पुर्‍याउन पाउँदा खुसी लागेको बताए ।

    नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले २०७७/७८ सम्म राज्यलाई १८ अर्ब ३८ करोड रुपैँया कर बुझाएको छ । यो भनेको बैंकको तत्कालीन कुल पुँजीको १ दशमलव ३२ गुणा रकम हो ।

    नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म नगद लाभांश १४ अर्ब ४५ करोड रूपैयाँ तथा १८ अर्ब ८ करोड बराबरको बोनश शेयर वितरण गरिसकेको छ ।

    बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पुर्‍याउँदै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको बैंकले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया