• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    रन्जु दर्शनाको जमानत जफत

    18.6K
    SHARES


    काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ ।

    विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

    तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ रहेको छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

    उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

    यसपटक प्रतिनिधि सभा सदस्यमा उठ्दा निकै कम मत प्राप्त गरेकी हुन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

    कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

    यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका प्रदीप पौडेलले ३४.४ अर्थात, १५ हजार २५७ मत प्राप्त गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया