• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    भर्जिनिया वालमार्ट गोलीकाण्डः कम्तीमा १० जनाको मृत्यु, कसले चलायो गोली ?

    326
    SHARES


    काठमाडौँ। भर्जिनियाको वालमार्टमा मङ्गलबार राति भएको गोलीकाण्डमा धेरै मानिस मारिएका तथा घाइते भएका प्रहरीले बताएको छ ।

    घटनामा हताहत एवम् घाइते भएकाको पूर्ण विवरण प्राप्त नभए पनि कम्तीमा १० जनाले ज्यान गुमाएका छन् ।

    वालमार्टमा गोली प्रहार गर्ने आक्रमणकारी पनि मारिएको जनाइएको छ । दैनिक उपभोगका सरसामान पाइने उक्त पसलमा सुरक्षाकर्मी पुग्दा धेरै मृतक र घाइतेलाई फेला पारेका थिए ।

    तत्काल उनीहरूको उद्धारमा अधिकारीहरू परिचालन भएका थिए । वालमार्टमा एकव्यक्तिबाट हमला भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    वालमार्टले भर्जिनियाको चेसापेकस्थित आफ्नो स्टोरमा भएको दुखद घटनाबाट स्तब्ध भएको जनाउँदै प्रभावित समुदायप्रति सहानुभूति प्रकट गरेको छ ।

    घाइतेको उपचार गरिरहेको नार्फोक जनरल अस्पतालले उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी नदिइ पाँच जना अस्पताल भर्ना भएका जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया