• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार सुदुरपश्चिम

    सुदूरपश्चिमका ८ जिल्लामा मतगणना जारी, को कहाँ अगाडि ?

    362
    SHARES


    काठमाडौँ। सुदूरपश्चिमको १ जिल्ला बाहेक सबै ठाउँमा मतगणना भइरहेको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पाटीका गंगा चौधरी विजयी भएका छन् । यो समाचार तयार पार्दासम्म जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ मा प्रतिनिधि र प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु अगाडि छन् ।

    जिल्लाको निर्वाचन क्षेत्र नम्बर-४ प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायर अगाडि छन्। उक्त निर्वाचन क्षेत्रका प्रदेश सभा सदस्यमा गठबन्धनका दीर्घ सोराडी अगाडि छन् ।

    कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्त अगाडि रहेका छन् । कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा १ मा एमालेका उम्मेदवार नेपालु चौधरी अगाडि छन् । प्रदेश सभा २ मा काँग्रेसका उम्मेदवार प्रकाश देउवा अगाडि छन् ।

    कञ्चनपुर–१ मा नेकपा एमाले र कञ्चनपुर २ तथा ३ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । कञ्चनपुर २ नेपाली कांग्रेसका रमेश लेखक र ३ मा एनपी साउँदले अग्रता लिएका छन् । डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति विजयी भइसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया