• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    सुन्दरबस्ती छोडेर काठमाडौं पुग्नै पाएनन् महावीर विश्वकर्मा, सवारी दुर्घटनामा परि निधन

    1.5K
    SHARES


    काठमाडौं। रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको सवारी दुर्घटनामा परि निधन भएको छ ।

    वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माको चितवनमा भएको सवारी दुर्घटनामा निधन भएको हो ।

    राप्ती नगरपालिका-६ हर्दीमा भएको दुर्घटनामा ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    गृहजिल्ला चितवनको सुन्दरबस्ती-४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा मंगलबार बिहान भएको दुर्घटनामा उनको निधन भएको हो ।

    चितवनको सुन्दरवस्तीबाट नारायणघाट आउँदै गरेको बा ४ ख ४१२ नम्बरको माइक्रो बिग्रिएर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमा निधन भएको हो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

    विश्वकर्माको शव अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। पोष्टमार्टमपछि शव परिवारलाई बुझाउने प्रहरीले बताएको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया