• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    विश्वकप फुटबल : आज इंग्ल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्दै

    650
    SHARES


    काठमाडौं । कतार विश्वकप फुटबल अन्तर्गत आज सोमबार इंग्ल्यान्डले इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

    इंग्ल्यान्डले एसियाली राष्ट्र इरानसँग खालिफा इन्टरनेसनल स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेको इंग्ल्यान्ड र इरानबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

    इंग्ल्यान्ड र इरान दुबै टोली जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । जसका लागि दुबै टोलीले बलियो सुरुआती-११ उतार्ने छन् ।

    यस खेलमा इंग्ल्यान्डका जुड बेलिङघम र इरानका मेहदी तारेमी प्लेयर्स टु वाचमा रहने छन् । बेलिङघम युवा मिडफिल्डर हुन् । इरानविरुद्ध उनी इंग्ल्यान्डको मुख्य प्ले मेकरमा रहने छन् ।

    बोरुसिया डर्टमण्डका उनी बल पकडमा राख्न, पास उपलब्ध गराउन र गोल गर्न माहिर छन् । त्यसैले ग्यारेथ साउथगेटले उनलाई सुरुआती-११ मा राख्ने छन् ।

    इंग्ल्यान्डका लागि उनले १७ खेल खेलिसकेका छन् । तर, गोल भने गर्न सकेका छैनन् । इरानविरुद्ध उनले इंग्ल्यान्डका लागि पहिलो गोल गर्न सक्ने छन् ।

    १९ वर्षीय युवा मिडफिल्डरले यस सिजन बुन्डेसलिगमा १५ खेल खेल्दा ३ गोल गरिसकेका छन् । स्ट्राइकर तारेमी इरानी टोलीका एक प्रमुख खेलाडी हुन् । इरानी टोली उनीमा धेरै भर पर्ने गर्दछ ।

    ठूला खेलहरूमा टोली दबाबमा हुँदा तारेमीले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । र, उनले ठूला राष्ट्रहरूविरुद्ध गोल समेत गरेका छन् । ३० वर्षीय तारेमीले इरानका लागि ६० खेलमा २८ गोल गरिसकेका छन् ।

    पोर्चुगिज क्लब पोर्टोबाट खेल्दै आएका तारेमी इरानी डिफेन्डरका लागि टाउको दुखाई हुनसक्छ । पोर्टोका लागि यस सिजन उनले १३ खेलमा ६ गोल गरिसकेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया