• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    कतार विश्वकपको उद्घाटनमा पहिलो हार व्यहोर्ने आयोजक राष्ट्र

    763
    SHARES


    काठमाडौं । कतार फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ ।

    कतार विश्वकप २०२२ अन्तर्गत आइतबार राति इक्वेडरसँग पराजित भएपछि कतारले उद्घाटनमा हार व्यहोर्ने आयोजकको कीर्तिमान बनाएको हो ।

    यस अघि कुनैपनि आयोजक राष्ट्र विश्वकपको उद्घाटन खेलमा पराजित भएको थिएन । अल बायत स्टेडियममा इक्वेडरले आयोजक कतारलाई २-० ले हराएको थियो ।

    इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरेका थिए । यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ ।

    आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया