• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    कतारविरुद्ध इक्वेडरलाई २-० को अग्रता

    688
    SHARES


    काठमाडौं । फिफा कतार विश्वकप २०२२ को उद्घाटन खेलमा अहिले आयोजक राष्ट्र कतार र इक्वेडरबीच प्रतिस्पर्धा भईरहेको छ ।

    अल बायत स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा कतारविरुद्ध इक्वेडरले २-० को अग्रता बनाएको छ ।

    इक्वेडरका लागि दुबै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

    कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

    त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

    त्यसपछि खेलको ३२ औं मिनेटमा हेडरमार्फत भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गरेपछि इक्वेडर पहिलो हाफमै २-० ले अघि रहेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया