• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    सुनसरीमा मतदान केन्द्रको गेट नजिकै विस्फोट, एक बालिका घाइते

    564
    SHARES


    विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विस्फोट भएको छ ।

    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विस्फोट भएको हो ।

    विस्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार शंकास्पद वस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।

    उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो । पटका पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए । बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया