• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति विशेष

    काठमाडौंमा नेकपा बहुमतद्वारा चुनावको बिरुद्धमा प्रदर्शन, उपत्यका इन्चार्जसहित २२ जना गिरफ्तार

    2.1K
    SHARES


    काठमाडौँ । देशभर मतदान भइरहेका बेला चुनाव बहिस्कारवादी पक्षले भने देशभर नै चुनाव बहिस्कार र अवज्ञा कार्यक्रम गरिरहेका छन् । आइतबार काठमाडौँको माइतिघरमा नेकपा (बहुमत)ले चुनावको बिरुद्धमा प्रदर्शन गरेको छ ।

    उक्त प्रदर्शनका क्रममा २२ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा नेकपा बहुमतका उपत्यका इन्चार्ज सरद रसाइली, काठमाडौँ इन्चार्ज दिपेन्द्र चलाउने, काठमाडौँ जिल्ला संयोजक अविरल चन्द, भीम बटाला, बिक्रम पौडेल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव नवराज भट्ट, केन्द्रीय सदस्यहरु सपना मगर, विरेन्द्र नेपाली, स्मृति कार्की, गणेश थापा, कृष्ण खड्का र वचन लगाएत २२ जना रहेका छन् ।

    उनीहरुले ‘कथित संसदीय निर्वाचान खारेज गरौं, नेकपा (बहुमत) जिन्दावाद, दलाल राज्यसत्ता मुर्दावाद’ लगायतका नारा लगाएका थिए । उता कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

    माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । मतपेटिका फुटाएका परियारलाई नियन्त्रणमा लिएको छ ।

    त्यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा बहुमतका ७ जना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ । चुनाव बिरोधि प्रदर्शन गरिरहेका उनेहरुलाई बिहान करिब १० बजेको समयमा हेटौंडा–१० बसपार्कबाट प्रहरीले गिरफ्तार गरेको हो ।

    पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज रवि खड्का, जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरु अजय गहतराज, बिकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् । उनीहरु सबैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको कार्कीले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया