• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    कर्णाली समाचार

    हुम्लाको एक मतदान केन्द्रमा झडप, मतदान रोकियो

    343
    SHARES


    काठमाडौँ। हुम्लाको सर्केगाड गाउँपालिकाको उनापानी देवकोटा आधारभूत विद्यालय मतदान केन्द्रमा झडप हुँदा मतदान रोकिएको छ ।

    त्यहाँका वडाध्यक्षले वारेसमा मतदान गर्छु भनेपछि गठन्धन र स्वतन्त्र उम्मेदवार पक्षबीच झडप भएको हुम्लाा निर्वाचन अधिकारी श्याम रानाले जानकारी दिएका छन् ।

    उनका अनुसार अहिले सर्वदलिय बैठक बसिरहेको छ भने जिल्लाभर २० प्रतिशत मत खसेको छ । रानाले बिहान चिसोका कारण केही मतदान केन्द्रमा मतदान ढिलाई भएपनि अहिले सबै ठाउँमा मतदान भइरहेको छ ।

    ५९ वटा मतदान केन्द्र रहेको हुम्लामा ३२ हजार ८५७ मतदाता रहेका छन् । यद्यपि निर्वाचन अधिकारीले २५ हजार जति मत खस्ने आकलन गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया