• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मनोरञ्जन समाचार

    पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारहरुलाई सम्मान गर्ने

    1.9K
    SHARES



    काठमाडौं । पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नेपाल पर्यटन बोर्डले बलिउड फिल्म ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने तयारी गरेको छ । चलचित्र विकास बोर्डमा भएको बैठकमा पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले बोर्डले यस्तो तयारी गरिरहेको बताएका हुन् ।

    ‘उचाइ’का निर्देशक र कलाकार नेपाल आउने अवस्था रहे राष्ट्रपति वा प्रधानमन्त्रीकै स्तरबाट सम्मान गरिने उनले बताए । यदि उनीहरु नेपाल आउने अवस्था नभएमा भने मुम्बई पुगेरै सम्मान गर्ने उनले जानकारी पनि दिए ।

    बैठकमा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटन बोर्डसँग बोर्डले सहकार्य गर्ने बताएका थिए । बोर्डले उचाइका निर्देशक र कलाकारको सुटिङ अनुभवसम्बन्धी भनाइलाई वेबसाइटमा समेत राख्ने भएको छ ।

    उचाइका नेपाल वितरक सुनिल मानन्धरका अनुसार आगामी शुक्रबार सिभिल मलस्थित हलमा पर्यटन व्यवसायीले हल नै बुकिङ गरेर फिल्म हेर्ने भएका छन् ।

    उचाइले मंगलबारसम्म नेपाली बक्स अफिसबाट १ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । बुधबारदेखि शो र अकुपेन्सीमा पनि वृद्धि भएको छ । राम्रो वर्ड अफ माउथ भएकाले फिल्मले आउने साता पनि राम्रो कमाइ गर्ने अनुमान छ ।

    बलिउड कम्पनी राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मलाई सुरज वर्जत्यले निर्देशन गरेका हुन् भने अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर र परिणिती चोपडाको प्रमुख भूमिका रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ