• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति विशेष

    नेपालगञ्जमा कुकर बम बिस्फोट, २ जना घाइते, एकको अवस्था गम्भीर, सेना-प्रहरी घटनास्थलमा

    741
    SHARES


    काठमाडौँ । नेपालगञ्जमा बम बिस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १०, भृकुटीनगरस्थित डिल्ली क्षेत्रीको कोठामा प्रेसर कुकर बम बिस्फोट भएको हो । बिस्फोटमा परी २ जना घाइते भएका छन् । प्रहरीका अनुसार विप्लव नेकपाका एक कार्यकर्ताको कोठामा बम बनाउने क्रममा बिस्फोट भएको हो ।

    प्रेसर कुकर बम बिस्फोट हुँदा डिल्ली क्षेत्री र धर्मराज सुनार घाइते भएका छन् । सुनारको अवस्था गम्भीर रहेको छ । घाइते दुवैलाई भेरी अस्पतालमा ल्याइएकोमा केहीबेरको उपचारपछि सुनारलाई नेपालगञ्ज मेडिकल कलेज लैजाने तयारी भएको छ । विप्लव नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ ।

    त्यस्तै घटनास्थलमा कोठाभित्र खाटमुनी राखिएको अवस्थामा अर्को बम समेत भेटिएको प्रहरीले जनाएको छ । उक्त बम डिस्पोजका लागि अहिले घटनास्थलमा नेपाली सेना खटिएको छ । चुनावको बेलामा तर्साउनका लागि बम बनाउने क्रममा बिस्फोट भएको प्रहरीले आशंका गरेको छ । बाँके प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

    उता भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने विप्लव नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता सुमन श्रेष्ठ रहेका छन् । आफैले बोकेको टिफिन बम पड्केर उनी घाइते भएका छन् । उनको खुट्टामा चोट लागेको छ ।

    यो समाचार तयार पार्दासम्म घटनाको जिम्मा विप्लवले लिएका छैनन् । विप्लव नेकपाले चुनाव खारेज गर्ने निर्णय गरेसंगै देशभर चुनाव बिरोधी गतिबिधि हुन थालेको भन्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया