• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    मनोरञ्जन

    विकास राणाको स्वरमा ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक

    522
    SHARES


    काठमाडौं । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको स्वर रहेको छ ।

    गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड रहेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

    निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया