• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विजनेश समाचार

    खरिद बिलविनै कपडा ओसारपसार गर्ने २ जनाविरुद्ध मुद्दा

    421
    SHARES


    काठमाडौँ। बिल बिजक विनाको कपडा ओसारप्रसार गर्ने २ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले सर्लाहीका किरण विश्वकर्मा र धनुषाका कमलकुमार लामाविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

    उनीहरूले प्रदेश २००१ ख १९९७ नम्बरको सवारीमा बिना बिल बिजकको विभिन्न कपडा ओसारप्रसार गरेको पाइएको थियो । लुकाईछिपाई गरेर ल्याइएको उक्त कपडा बरामद भएकाले भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर छलि गरेको पाइएको विभागले जनाएको छ ।

    उनीहरूकाविरुद्ध विभागले २४ लाख ९६ हजार ७३३ रुपैयाँ विगोदाबी गरेको छ । भन्सार महशुलतर्फको ३ लाख ६८ हजार २५० र मूल्य अभिवृद्धिकरतर्फको २ लाख ८७ हजार २३५ रुपैयाँसमेत गरी उक्त मूल्य मागदाबी गरिएको  विभागले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया