• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विज्ञान-प्रविधि

    समुद्रमा भेटियो यस्तो अनौठो जीव जसलाई पहिले कहिल्यै देखिएको थिएन, वैज्ञानिक पनि चकित

    861
    SHARES


    काठमाडौँ। अष्ट्रेलियाको पश्चिमी तटभन्दा २५ सय किलोमिटर पर दुई नयाँ मरिन पार्क रहेका छन् ।

    यो पार्कमा अनुसन्धान गर्दा अनुसन्धाताले निकै अचम्मका समुद्री जीव भेटेका छन् । यी जीव भेटिनु शोधकर्ताका लागि सपना साकार भएजस्तै थियो । ३० सेप्टेम्बर २०२२ मा यो समुद्री खोज अभियान समाप्त भएको थियो ।

    म्युजियम भिक्टोरिया (एमभी) मा समुद्री इन्भर्टिब्रेट्सका वरिष्ठ क्युरेटर टिम ओ’हाराका अनुसार यो क्षेत्र डायनासोर युगका बेला ठूलो परिमाणमा बनेका समुद्री पर्वतले घेरेको छ । यो क्षेत्र प्रशान्त र हिन्द महासागरबीच एउटा निकै महत्वपूर्ण स्थानमा हो। उनले भने, ‘हामी साँच्चै नै नयाँ प्रजाति भेटिएकोमा निकै उत्साहित छौँ जुन हालसम्म यो इलाकाको छालको मुनी लुकेका थिए ।’

    नयाँ मरिन पार्कको क्षेत्रको कोस किलिङ र क्रिसमस आइल्याण्ड समूहको आसपास ७,४०,००० वर्ग किलोमिटर सुमद्रको रक्षा गर्नेछ । यी क्षेत्रको बाटोमा अनुसन्धानकर्ताले निकै अचम्मका माछा र जीव भेटिएका छन् ।

    उनीहरुले पखेटा भएका माछा देखे जुन हावामा तैरने कोसिस गरिरहेका थिए । अस्ट्रेलियन म्युजियम रिसर्च इन्स्टिच्युटका फिश बायोलोजिस्ट यी काई टीले यात्राबारे कुरा गर्दै यी जनावरलाई समुद्री पंक्षीबाट खतरा भएको बताए ।

    अनुसन्धानकर्ताले ३५ दिन १३ हजार किलोमिटरको खोज यात्रा गरे । यतिबेला सोनारको प्रयोग गर्दै उनीहरुले समुद्र सतहको म्यापिङ गरे जसमा उनले प्राचीन समुद्री पहाड, ज्वालामुखी, उपत्यकता र चट्टानहरु भेट्टाए । यी ज्वालामुखी १४ देखि ०.५ करोड वर्ष अघि बनेका थिए ।

    सोनारबाट के पत्ता लाग्यो भने कोकोस किलिङ आइसल्याण्ड वास्तवमा एक विशाल समुद्री पहाडका दुई चुचुरो हुन् जुन समुद्र सतहबाट करिब ५ हजार मिटर उचाइमा छ । उनीहरुले तेस्रो जलमग्न चुचुरा पनि फेला पारे जुन समुद्री सतहभन्दा ३५० मिटर मुनी छ ।

    क्रुले सतहभन्दा ५,५०० मिटरको गहिराईमा सानो जाल फ्याँकेका थिए जसमा उनीहरुले प्रजातिको एउटा ठूलो खजाना भेटिएको जानकारी दिए । ओहाराका अनुसार यीमध्ये एक तिहाई प्रजाति विज्ञानका लागि नयाँ हुनसक्छन् । यसमा एक नयाँ खालको ब्ल्याइन्ड कस्क ईल समावेश छ जसको छाला लचिलो, चिपचिपे र आर-पार देखिने खालको हुन्छ ।

    एमभीका सिनियर कलेक्सन म्यानेजर डायने ब्रेका अनुसार यी माछाका आँखा निकै साना हुन्छन् । तस्बिरलाई ध्यान दिएर हेर्नुहुन्छ भने आँखा छालामा सानो सुनौलो खाल्डोजस्तो छ । यो निकै दुर्लभ भएको उनी बताउँछन् ।

    उनीहरुले गहिरो समुद्रमा बस्ने ब्याटफिस पनि भेटे जुन हेर्दा रेवियोलीजस्ता छन् र निकै क्युट छन् । यो अचम्मको जीवको पछाडिको पखेटा ठूलो खुट्टा जस्तो देखिन्छ जसको मद्दतले यसले समुद्रको सतहमा पौडिन्छन् ।

    त्यहाँ एउटा यस्तो माछा पनि थियो जसको पखेटा लामो र ट्राइपोडजस्तो आकृति थियो जुन भुइँमा टाँस्सिएका थिए । यसले ती माछालाई समुद्र सतहभन्दा माथि हिँड्न सक्छ र तल भएका कुनै पनि शिकारलाई झम्टिन पनि सक्छ । यसलाई ट्राइपोड फिस नाम दिइएको छ ।

    यसबाहेक गहिरो समुद्रमा उनीहरुले हरबिट क्र्याब पनि भेटे जुन नरम कोरलको शेलजस्तो देखिन्थ्यो । साथै, यो इलाकाबाट धेरै नै सी कुकम्बर, सी स्टार समुद्री घोंघी पनि भेटिए । जहाज फिर्ता आएपछि स्याम्पल लिइएका जीवबारे अनुसन्धान गरिनेछ र यसलाई भिन्न भिन्न जनावरको समूहमा स्थान दिएर त्यसका प्रजातिबारे पत्ता लगाइनेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया