• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    रोचक-विचित्र

    ७० हजारको मेकअप गराएकि बेहुली पार्लरबाटै फरार भए पछि…

    1K
    SHARES


    काठमाडौँ। सुन्दा अचम्म लाग्ला हालै बेलायतको यर्क सहरमा एउटा अनौठो घटना भएको छ ।

    दुई हप्तापछि विवाह गर्न लागेकी ती युवती श्रृंगारका लागि ब्युटी पार्लर आएकी थिइन् । ब्युटी पार्लरमा उनले मेकअप गराइन् र त्यसबापत करिब ७० हजार रुपैयाँ बराबरको बिल आयो । तर उक्त बिलको रकम तिर्नुको साटो उनी ब्युर्टी पार्लरबाटै फरार भइन् ।

    पार्लरकी सञ्चालिका सार्लोट ब्रिजेसका अनुसार गत सेप्टेम्बर २८ मा एक युवतीले फोन गरेर मेकअपका लागि अपोइन्टमेन्ट बुक गरिन् । सोही अनुसार उनी एक जना बहिनीलाई लिएर पार्लरमा आइन् । करिब दुई घण्टा लगाएर बोटोक्स र लिप फिलर गराइन् । आफ्नो काम सकिएपछि उनी पैसा तिर्नका लागि कारबाट ब्याग ल्याउँछु भन्दै गइन् र पैसा ल्याएर आउनुको साटो फरार भइन् ।

    केहीबेरपछि उनकी बहिनी भनिएकी केटी पनि दिदीलाई हेर्न भन्दै पार्किङमा गइन् र दुवैजना फरार भए ।

    हुनेवाला बेहुलीले मेकअपको रकम नतिरी फरार भएको भन्दै ब्रिजेसले प्रहरीमा उजुरी दिइन् । पार्लरमा आएको बेला उनले खिचेको तस्वीरको आधारमा प्रहरीले ती युवतीको खोजी गर्‍यो र हालै ती युवतीलाई पक्राउ गर्न सफल भयो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया