• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    कला साहित्य

    कमरेड विप्लव कसरी म विजातिय भए… ?

    1.1K
    SHARES


    दिपेन्द्र ऐरी

    तिमिले वैद्यको हातबाट क्रान्ति हुदैन
    पार्टी पुनर्निर्माण गरौँ भन्यौं, मैले माने।
    फेरि क्रान्तिको मोर्चा कसेर
    राता ड्रेस लगाउ, रातै कफन बाँध भन्यौं
    काला पट्टी बाँध, टायर जलाउ भन्यौ, मैले माने।

    सेता भित्तामा राता अक्षरले
    संसदीय व्यवस्था मुर्दावाद, जनक्रान्ति जिन्दावादका
    नारा लेख भन्यौं, औला नकमाई लेखे।

    सडक संघर्षमा जानुपर्छ, नेपाल बन्द गर भन्यौं,
    मतपेटिका फुटाउ, चुनाव बहिष्कार गर भन्यौं, मैले माने।
    एनसेलका टावर जलाउ, घुसखोरका घर घेर भन्यौं, त्यो पनि माने
    कर्मचारीलाई कालो मोसो दल्न भन्यौं, आदेश पालना गरेँ।

    भ्रष्टाचारी, बलत्कारी, महङ्गी र कालो बजारी बिरुद्ध
    अन्याय, लुटपाट र शोषणबिरुद्ध सडक संघर्षमा जान भन्यौ
    भारतीय र अमेरिकी सम्राज्यवाद विरुद्ध नारा लगाउ भन्यौं
    सडकमा होमिएँ, शहर घन्किने गरि घनघोर नारा लगाए।

    मसाल बाल्नुपर्छ, पुत्ला जलाउनुपर्छ भन्यौं, जलाए
    राज्यले प्रतिबन्ध लगाएका पर्चा-पम्प्लेट टाँस्न भन्यौं, टाँसे।
    जेलनेल खान पछि हट्न हुन्न भन्यौं, जेलनेल पनि सहे
    एमसिसीका विरुद्ध आन्दोलन चर्काउ भन्यौं।

    कमरेडहरु लगेर सडक आन्दोलनमा लागे
    दमनबाट नआत्तालिनु भन्यौं, म आत्तिएन
    बरु टाउकोबाट रगत आउन दिए।
    टियरग्यास खाँए, घुडा कुहिने फुट्न दिए
    सडकबाट एमसीसी खारेज गर भन्न छोडिन।

    चन्दा उठाउ र माथि बुझाउ घर बनाउनु छ भन्यौं
    कोदाली खन, खेती गर, अन्न उब्जाउ,
    कुखुरा, माछा र बंगुर पाल, मासु खुवाउ भन्यौं
    जनकम्युन जाउ श्रमदान गर भन्यौं, त्यहाँ पनि गए

    प्रिय कमरेड विप्लव
    स्थानीय चुनावमा भाग लिनुपर्छ भन्यौं
    त्यो अँह हुदैन भने,

    जनताले आश मार्छ
    क्रान्तिप्रति ठुलै बैमानि हुन्छ
    बर्गदुश्मन हाँस्छ, खुसि हुन्छ
    कमरेड सनराईज र प्रज्वललगायतका
    सहिद परिवारले के भन्लान ?

    रोहितलगायतका घाइते र बन्दि कमरेडहरु के सोच्लान ?
    सहिदका सपना अपुरा छन,
    सहिदको रगत बग्दा बसेका डोबहरू ताजै छन्

    कमरेड विप्लव अहँ  स्थानीय
    चुनावमा भाग नलिऔं भन्दा
    अनि म कसरी बिजातिय भए ?

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया