• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मदन भण्डारीको ह’त्याबारे प्रचण्डले गरे सन’सनीपूर्ण खुलासा, ओली नै तिनछक

    16.8K
    SHARES

    काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता मदन भण्डारीको ह’त्या भएको दावी गरेका छन् । एमाले-माओवादी एकताको प्रसंगलाई जोड्दै प्रचण्डले २०४६ सालदेखि नै कम्युनिस्टबीच एकताको कुरा सुरू भएको समेत बताए । कम्युनिस्टको एकता अघि बढिरहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ह’त्या भएको उनले दाबी गरे ।

    ‘यो एकताको बिषय सजिलो गरी भएको होइन’, उनले भने, ‘कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग २०५० जेठ ६-७ गते छलफल गर्ने कुरा हामीबीच भएको थियो’, प्रचण्डले विगतको एकता प्रयास सम्झिँदै भने, ‘तर उहाँको बीचमै (२०५० जेठ ३ गते) ह’त्या भयो ।’

    कम्युनिष्टहरुबीच एकता प्रयास गरेकै कारण भण्डारीको ह’त्या भएको प्रचण्डको भनाई छ । तर अहिले आएर आफूहरुका लागि एकता अपरिहार्य भएको समेत प्रचण्डको निष्कर्ष थियाे । प्रचण्डको यस्तो दावीले एमाले अध्यक्ष केपी ओली तिनछक परेका छन ।

    रौतहटको चन्द्रपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले यस्तो भनेका हुन् । ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ’, उनले अगाडि भने । अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेको बताउँदै यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको पनि उनले बताए ।

    शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो ।अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ-आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ