• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    छिटो बिहे गर्न माओवादी नेता नारायणकाजी श्रेष्ठलाई ओली र प्रचण्ड पत्नीको दवाव, को हुन् दुलही ?

    12.8K
    SHARES

    काठमाडौं, १३ बैसाख ।

    माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई छिटो बिहे गर्न दबाब आउँन थालेको छ । लामो समयदेखि राजनीतिमा सक्रिय नेता श्रेष्ठको बुढेसकाल लाग्ने बेला भैसकेको भन्दै पार्टीभित्र र बाहिरबाट चिन्ता र चासो व्यक्त हुन् थालेको छ ।

    विशेषगरी बिहिबार प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाह समारोहमा श्रेष्ठले पनि बिहे गर्नुपर्ने कुरा प्रधानमन्त्री केपी ओलीले उठाए ।

    नवीना र प्रवीणको बिहेमा शुभकामना दिन पुगेका प्रधानमन्त्री ओलीले माओवादी नेता श्रेष्ठलाई जिस्क्याएका समेत थिए ।माओबादी केन्द्रका उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई प्रधानमन्त्री ओलीले ‘काजी साब कहिले हो बाजी मार्ने बिहे गर्नुहोस बुढेसकालमा साहारा चाहिन्छ यस्ता कार्यमा संग जोडी जानु पर्छ’ भन्दै जिस्क्याएका थिए ।

    ‘नपत्याए हेर्नुहोस् त म त श्रीमतीलाई लिएर हिड्छु’ भन्दै ओलीले आफ्नी श्रीमती देखाएपछि त्यहाँ उपस्थित अन्य व्यक्ति र स्वयम नारायणकाजी समेत मुसुमुसु हासेका थिए । त्यसबखत नेता नारायणकाजी हासेको दृश्य हेर्न लाएक थियो।  अबिबाहित नारायणकाजीलाई ओलीले मात्रै हैन माओवादी अध्यक्ष प्रचण्डपत्नी सिताले समेत बेलाबेलामा बिहे गर्नुहोस् भनेर दबाब दिदै आएको माओवादी स्रोतको भनाई छ।

    तर उनलाई बिवाह गर्न दबाब आएपनि दुलही को हुन् भन्ने बारेमा भने केहि पनि रहस्य खुलेको छैन । नारायणकाजीले भने आफुले बिहे गर्ने नगर्ने बिषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।

    नवीना र प्रवीणको काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका थिए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ