• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    बलिउड- हलिउडल

    मोडलसँग रोमान्स गरेको भेटेपछि चलचित्र निर्देशकले आफ्नै श्रीमतीलाई गाडीले किचे

    4.3K
    SHARES


    काठमाडौँ। ‘खली बाली’, ‘देहती डिस्को’ जस्ता फिल्मका निर्माता कमल किशोर मिश्रविरुद्ध उनकी श्रीमती अभिनेत्री यास्मिनलाई कारले किचेको आरोपमा मुद्दा दर्ता भएको छ । मिश्रकी श्रीमती यास्मिनले उनलाई अंधेरी (पश्चिम) को एक आवासीय भवनको पार्किङमा अर्की महिलासँग कारमा बसेको देखेकी थिइन् । उनीसँग कुरा गर्न आउँदा मिश्रले भाग्ने प्रयासमा श्रीमतीलाई नै कारले किचेका थिए ।

    घटनामा यास्मिन गम्भीर घाइते भएकी छिन् । उनको हात, खुट्टा र टाउकोमा चोट लागेको छ । यो घटना अक्टोबर १९ मा भएको थियो । यास्मिनले आरोप लगाउँदै भनिन्, ‘अक्टोबर १९ मा घर पुग्दा उनी (पति) आफ्नो कारमा मोडल आयशा सुप्रिया मेमनसँग रोमान्स गरिरहेका थिए । उनीहरु दुबै एकदमै नजिक थिए । दुबै जनालाई सँगै देखेपछि मैले गाडीको सिसामा ढकढक्याएँ र केही बोल्नु पर्छ भनेर सिसा तल गर्न भने तर कमलले मेरो कुरा सुनेन र गाडी घुमाएर भाग्न थाले ।’

    यास्मिनले थप भनिन्, ‘मैले कार रोक्न खोजेँ, उनले मलाई गाडीले किचेर भागे। यो घटनाका कारण मेरो टाउकोमा धेरै चोट लागेको छ । कमलले अलिकति पनि मानवता देखाएनन् । गाडीबाट ओर्लेपछि म जिउँदै छु कि मरेको छु पनि हेरेनन् । हाम्रो सम्बन्ध ९ वर्षको थियो तर त्यो मान्छेले ९ सेकेन्ड पनि मेरो बारेमा सोचेन ।’

    यास्मिनले भनिन्, ‘कमलले नयाँ केटीहरूलाई आफ्नो मायाको जालमा फसाउँछ। तिनीहरूलाई आफ्नो सम्पत्तिको बारेमा बताउँछ । केटीहरूलाई लागि धेरै सपिङ पनि गराउँछ । यसरी उनले कयौं युवतीको जीवन बिगारेका छन् । उनले मार्च ६ गते आयशा सुप्रिया नामकी युवतीसँग गोप्य विवाह गरेको प्रमाण मसँग छ ।’

    कमल बलिउडका चर्चित निर्माता हुन् । उनी युपीका बासिन्दा हुन् । उनले सन् २०१९ मा निर्माताको रुपमा बलिउडमा डेब्यु गरेका थिए । कमलले वान इन्टरटेनमेन्ट फिल्म प्रोडक्सन नामक प्रोडक्सन हाउस चलाउँछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया