• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    बृद्ध भत्ता बुझेर घर फर्किदैगर्दा दाजुले भीरबाट खसाले पछि…

    298
    SHARES


    अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-१ मा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।

    भुमिकास्थान नगरपालिका-१ खलाधारा भीरबाट लडेको अवस्थामा साम्नेगाँउका ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।

    प्रहरीका अनुसार बुधवार दिउँसो वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।

    घर फर्किँदै गर्दा बेलुकी ७ बजे बाटोमा लेनदेको विषयमा दाजुभाइको सामान्य विवाद हुँदा भीरबाट धकेली भाइको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

    हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया