• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दाङमा हायस दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

    305
    SHARES


    काठमाडौँ। दाङमा हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    घाइते मध्ये चालकको अवस्था गम्भीर छ । नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सितलपुरका २६ वर्षीय नारायण कुँवर, तुलसीपुर-१६ की ५५ वर्षीया सरिता बस्नेत, दंगीशरण गाउँपालिका वडा नम्बर १ का ५३ वर्षीय टोपेन्द्रबहादुर विष्ट घाइते भएका छन् ।

    सबैको उपचार तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा भइरहेको छ । गम्भीर घाइते चालक विकलाई भने थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    दाङको तुलसीपुरबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको रा १ ज ७९२ नम्बरको हायस दिउँसो साढे ३ बजेतिर अनियन्त्रित भई तुलसीपुर-१३ भञ्ज्याङमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया